काठमाडौँको गैरीगाउँमा मृत भेटिए एक युवा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काठमाडौँको गैरीगाउँमा मृत भेटिए एक युवा


२ आश्विन २०७९, आइतबार


काठमाडौँ । काठमाडौँको गैरीगाउँमा एक युवाको शव फेला परेको छ।

आइतबार बिहान काठमाडौँ महानगरपालिका वडा नम्बर ९ स्थित गैरी गाउँमा एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए। करिब ३० वर्षीय पुरूषको शव सडकमुनि फेला परेको हो।

शव फेला परेपछि घटनास्थलमा परिसर, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाबाट प्रहरीको टोली खटिएको थियो।

केनाइन स्कुलबाट तालिम प्राप्त कुकुरसहितको टोली पनि परिचालन गरिएको एसपी मैनालीले बताए। मृतकको टाउकोमा चोट लागेको छ।

चोट लाग्दा टाउकोबाट रगत बगेको अवस्थामा शव फेला परेको हो। घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस