नेपालले आज बङ्गलादेशको सामना गर्दै « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

नेपालले आज बङ्गलादेशको सामना गर्दै


२ आश्विन २०७९, आइतबार


काठमाडौँ । बहराइनमा जारी एएफसी यु–२० एसियन कप छनोटमा नेपालले आज बङ्गलादेशको सामना गर्ने भएको छ ।

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपाल र बङ्गलादेशबिचको खेल राति ८:४५ बजे सुरु हुनेछ । लगातार तीन खेलमा हार व्यहोरेको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ ।

समूह (बी) मा रहेको नेपाल अङ्क विहीन रहँदै समूहको पुछारमा रहेको छ । नेपाल प्रतियोगिताबाट बाहिरिइसकेको छ । तर, नेपाल अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस