किन मागे नायक प्रदीप खड्काले भुवन केसीको राजीनामा ? « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

किन मागे नायक प्रदीप खड्काले भुवन केसीको राजीनामा ?


१ आश्विन २०७९, शनिबार


काठमाडौँ । चलचित्र प्रेमगीत ३ का नायक प्रदीप खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागेका छन् ।

कात्तिक १ गतेदेखि लागू हुने गरी राति ११ बजेदेखि चलचित्र हल बन्द हुने निर्णय गरेको भन्दै खड्काले केसीको राजीनामा मागेका हुन् ।

विकास बोर्डको यो निर्णय असोज ७ गतेदेखि विश्वभर रिलिज हुन लागेको प्रेमगीत–३ प्रति लक्षित भएको खड्काको आरोप छ ।

आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा खड्काले भने– उहाँले (भुवन केसीले)राजीनामा दिंदा इज्जत बढ्छ । मदिरा सेवन गर्दै हेरिने डान्सबार रातभर खुल्ला हुने तर कफी र पपकर्न खाँदै हेरिने चलचित्र हल बन्द गर्ने निर्णय गलत भएको उनले बताए ।

नेपाली चलचित्रका निर्माताको हकहितको पक्षमा निर्माता संघ पनि नबोलेको भन्दै खड्काले यस्तै अवस्था रहे समानान्तर निर्माता संघ बनाउने चेतावनी पनि दिए ।

चलचित्र सम्बन्धी नीति बनाउने व्यक्ति बौद्धिक नहुँदा निर्माता र कलाकारहरुले दुःख पाइरहेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस