६३ जनामा कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

६३ जनामा कोरोना संक्रमण पुष्टि


१ आश्विन २०७९, शनिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको संख्या ६३ जनामा झरेको छ ।

एक हजार ५७४ पीसीआर परीक्षणमा ३५ जना र दुई हजार १६६ एन्टिजेन परीक्षणमा २८ जना गरी ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १३१ रहेको छ भने कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन । हाल देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या एक हजार ९६६ रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस