कञ्चनपुरमा बाढीले झोलुङ्गे पुल बगायो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कञ्चनपुरमा बाढीले झोलुङ्गे पुल बगायो


१ आश्विन २०७९, शनिबार


महेन्द्रनगर । कञ्चनपुरमा अविरल वर्षापछि आएको बाढीले झोलुङ्गे पुल बगाएको छ ।

बाढीले शुक्लाफाँटा नगरपालिका–१२ स्थित बनहरा नदीको झोलुङ्गे पुल बगाएको हो । सो पुलले तिलकी र देखतभूलीलाई जोडेको थियो ।

तीन वर्षअघि उक्त नदीमा झोलुङ्गे पुल निर्माण गरिएको हो । बाढीले पुल बगाएपछि स्थानीयलाई आवत जावत गर्न गाह्रो भएको छ । नदीको दुवैतर्फको आवागमन अहिले ठप्प रहेको स्थानीय लक्ष्मण चौधरीले जानकारी दिए । बाढीले सो क्षेत्रमा निरन्तर कटान गरिरहेको छ ।

बाढीले नदी किनारका बस्तीमा क्षति पुर्‍याएको छ । शुक्लाफाँटा–१२ मा बाढीले गाई वस्तुसमेत बगाएको छ । नदी किनारका बस्ती डुबानमा परेका छन् ।

बाढीका कारण कृष्णपुर, लालझाडी, बेलौरीलगायत क्षेत्रका बस्ती डुबानमा परेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस