प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले सम्बोधन गर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले सम्बोधन गर्ने


१ आश्विन २०७९, शनिबार


sanghiya sansad

काठमाडौँ । प्रतिनिधिसभाको शनिवारको बैठकमा दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् ।

दिउँसो १ बजे बस्ने बैठकमा दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालय स्रोतले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललगायतका नेताले सम्बोधन गर्ने तय भएको छ ।

आजको संसद बैठक नै यो कार्यकालको अन्तिम बैठक हुनेछ । आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस