सातामा १७ सयले घट्यो सुनको मूल्य « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सातामा १७ सयले घट्यो सुनको मूल्य


१ आश्विन २०७९, शनिबार


काठमाडौँ । यो सातामा नेपाली बजारमा सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले घटेको छ ।

गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म उक्त मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा घटेर छापावाल सुनको मूल्य ९१ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँमा आइपुगेको छ ।

शुक्रबारको तुलनामा आइतबार स्थिर रहेको सुनको मूल्य त्यसयता सबै कारोबार दिनमा घटेको छ । सोमबार तोलामा ३००, मंगलबार १०० र बुधबार ७०० ले घटेको थियो । यस्तै, बिहीबार तोलामा ३०० र शुक्रबार प्रतितोला १०० रुपैयाँले मूल्य घटेको महासंघले जनाएको छ ।

सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार गत साताको शुक्रबार चाँदीको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँ थियो । जुन, एक सातामा २० रुपैयाँ प्रतितोलाले बढ्दै ११ सय ७० रुपैयाँ पुगेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस