क्षेप्यास्त्र आक्रमणमा ५ सिरियाली सैनिकको मृत्यु « प्रशासन
Logo ११ आश्विन २०७९, मंगलबार
   

क्षेप्यास्त्र आक्रमणमा ५ सिरियाली सैनिकको मृत्यु


१ आश्विन २०७९, शनिबार


दमास्कस । इजरायली सेनाले शुक्रबार मध्यरातमा राजधानी दमास्कस स्थित अन्तरराष्ट्रिय विमानस्थल र राजधानीको दक्षिणमा रहेको सैनिक स्थलमा गरेको क्षेप्यास्त्र आक्रमणमा पाँच सैनिकको मृत्यु भएको सिरियाली सेनाले जनाएको छ ।

बेलायत स्थित युद्ध पर्यवेक्षक, सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएअनुसार सो आक्रमण दमास्कसको ग्रामीण इलाका र सय्यदा जैनाब क्षेत्रमा लक्षित थियो ।

त्यस क्षेत्रमा लेबनानमा रहेको शिया आन्दोलन र पार्टीसँग सम्बन्धित गतिविधि केन्द्रित बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस