४२ तले भवनमा आगलागी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

४२ तले भवनमा आगलागी


३१ भाद्र २०७९, शुक्रबार


काठमाडौँ। चीनको एउटा गगनचुम्बी भवनमा आगलागी भएको छ । 

चाङ्गसा सहरस्थित चाइना टेलिकमको क्षेत्रीय कार्यालय रहेको ४२ तले भवनमा भीषण आगलागी भएको त्यहाँको सरकारी समाचार संस्थाले जानकारी दिएको छ । 

सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमा भवनबाट आगोका लप्काहरू निस्किरहेको र कर्मचारीहरू हतारिँदै भवनबाट निस्किरहेको देखिन्छ । 

स्थानीय प्रशासनले आगो नियन्त्रणमा लिइसकेको बताएको छ । मानवीय क्षतिबारे भने अहिलेसम्म कुनै खबर प्राप्त भएको छैन ।

सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूमा अग्नि नियन्त्रकहरूले ७१५ फिट अग्लो भवनमा आगो निभाउन पानीको फोहरा फालिरहेका देखिन्छन् । 

आगलागीको कारण अझै खुलेको छैन । सरकारी सञ्चार माध्यमका अनुसार दक्षिण-मध्य चीनको हुनान प्रान्तको राजधानी चाङ्गसाको मुख्य चक्रपथ नजिक रहेको यो भवनको निर्माण सन् २००० मा निर्माण गरिएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस