काकरभिट्टामा बन्यो प्रहरी कार्यालय भवन, नागरिकहरूको सुरक्षामा खटिन निर्देशन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काकरभिट्टामा बन्यो प्रहरी कार्यालय भवन, नागरिकहरूको सुरक्षामा खटिन निर्देशन


३१ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । झापाको मेचीनगर नगरपालिका-६ स्थित इलाका प्रहरी कार्यालय काकरभिट्टाको नवनिर्मित कार्यालय भवनको उद्घाटन भएको छ । 

शुक्रबार एक कार्यक्रमबीच प्रदेश नं.१ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले जनताको जिउधन सुरक्षाको जिम्मेवारी लिएर बसेको प्रहरी सुरक्षित भएमा नागरिक सुरक्षित हुने हुँदा प्रहरी बस्ने भवन सुरक्षित र व्यवस्थित हुनु पर्नेमा जोड दिए । 

मन्त्री कार्कीले सङ्घीयता आएपछि प्रदेशका विभिन्न ठाउँमा प्रहरी चौकीहरू निर्माण गरेको र कतिपय ठाउँमा निर्माणको चरणमा रहेको बताए । 

सो भवन प्रदेश नं.१ आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजन भएको २ करोड ८३ लाख ३४ हजार ६ सय ४१ रुपैयाँ ६८ पैसाको लागतमा निर्माण भएको हो ।

सोही कार्यक्रममा १ नं.प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरीले सुविधा सम्पन्न भवनसँगै जोस र ऊर्जाका साथ सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधिको नियन्त्रण गरी नागरिकहरूको जिउधनको सुरक्षामा खटिन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस