जबराको सम्पत्ति विवरण : बैङ्कमा ५९ लाख २६ हजार रकम « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जबराको सम्पत्ति विवरण : बैङ्कमा ५९ लाख २६ हजार रकम


३१ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । न्याय परिषद्को सचिवालयले निलम्बित प्रधानन्यायाधीश चोलेन्‍द्रशमशेर जबराको सम्पत्ति विवरण बुझाएको छ।

सचिवालयले शुक्रबार प्रतिनिधि सभा महाअभियोग सिफारिस समितिमा सम्पत्ति विवरण बुझाएको हो। जबराको बैङ्क अफ काठमाडौँमा ५९ लाख २६ हजार रुपैयाँ नगद रहेको परिषद् सचिवालयले जानकारी दिएको छ।

यसको आय स्रोत तलब, भत्ता, कर्मचारी कल्याण कोषको रकम, बचतको ब्याज समेत रहेको उल्लेख गरिएको छ। यो विवरण २०७८ साल सम्मको हो।

यस्तै उनकी श्रीमती रेजी क्षेत्री राणाको नाममा काठमाडौं महानगरपालिका-५ भाटभटेनीको १ रोपनी ८ आना ३ पैसा १ दाम जग्गा छ। यो जग्गा २०७७ असार १७ गते आठ करोड २६ लाख रुपैयाँमा खरिद गरेको विवरणमा उल्लेख छ। यसमा उनले आफ्नो पुरानो घर समेत रहेको खुलाएका छन्।  

ठमेलको घर जग्गा धितो राखेर ९ करोड ५० लाख रुपैयाँ प्राइम बैङ्क लिमिटेडबाट ऋण लिएको पनि सम्पत्ति विवरणमा उल्लेख छ।

Tags :
प्रतिक्रिया दिनुहोस