२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोविन्द केसीसँग वार्ता गर्न सरकारद्वारा वार्ता टोली गठन 

अ+ अ-

काठमाडौँ । स्वास्थ्य सेवा सुधारको माग राख्दै पाँच दिनदेखि आमरण अनशनमा बसेका डा.गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ ।

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेको जनाएको छ ।

प्रधानमन्त्री कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव र नेपाल चिकित्सक सङ्घका प्रतिनिधि सदस्य रहने गरी वार्ता टोली गठन गरेको जनाएको छ ।

चिकित्सक सङ्घका प्रतिनिधिलाई भने डा.केसी र सरकार दुवैको मध्यस्थता गर्ने गरी टोलीमा राखिएको छ । वार्ता टोली गठनसँगै सरकारले डा‍. केसीलाई अनशन तोड्न आग्रह गरेको छ ।

यसअघिका सहमति कार्यान्वयनसहितका सात बुँदे माग राखेर धनगढीमा पाँच दिनदेखि अनसनमा रहेका डा। केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । तर उनले औषधि लिन मानेका छैनन्। उनमा रिङटा लाग्ने, थकान लाग्ने, श्वास फेर्न समस्या हुने, रक्तचाप र मुटुको धड्कनमा गडबडी लगायतका समस्या देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

उनको शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने, कम्पन हुन सक्ने (सिजर), रोगसँग लड्न सक्ने क्षमता कम भई विभिन्न संक्रमण हुन सक्ने, मुटुको धड्कन, श्वासप्रश्वास र रक्तचाप गडबड भई अङ्ग र प्रणालीमा खराबी हुन सक्ने वा ज्यान जोखिममा पर्न सक्ने अस्पतालले जनाएको छ ।

केसीले मुखबाट पानी र नशा वा रिङगर ल्याक्टेट बाहेक कुनै पनि पदार्थ लिन अस्वीकार गरेका छन् ।

हाल शुद्ध पानी, नर्मल स्लाइन र रिङगर ल्याक्टेट मात्र प्रदान गरिएको र चिकित्सकीय टोलीबाट नियमित स्वास्थ्य परीक्षण गराइ शरीरको अक्सिजन, मुटुको धड्कन र रक्तचाप अनुगमन भइरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस