काठमाडौँ । नेपाल घरेलु मैदानमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको दोस्रो सेमिफाइनलमा साबिक विजेता भारतलाई १-० गोल अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो ।
महिला साफको इतिहास भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो । यस अघि नेपालले महिला साफमा भारतलाई हराउन सकेको थिएन ।
यस्तै भारतलाई समग्रमा नेपालले दोस्रो पटक हराएको हो ।
साबिक उपविजेता समेत रहेको नेपाललाई जित दिलाउन रश्मि कुमारी घिसिङले निर्णायक गोल गरिन् ।
प्रीति राईको पासमा पहिलो हाफको इन्जुरी समयमा रश्मिले निर्णायक गोल गरिन् ।
अब नेपालले फाइनलमा बङ्गलादेशको सामना गर्नेछ । फाइनल खेल सोमबार हुनेछ ।
पहिलो सेमिफाइनलमा भुटानलाई ८- ले हराएर बङ्गलादेश फाइनल प्रवेश गरिसकेको छ ।