२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लौरो अभियानका स्वतन्त्र उम्मेदवारले गरे उम्मेदवारी घोषणा

अ+ अ-

काठमाडौँ ।  ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ले रुपन्देहीमा उम्मेदवारी घोषणा गरेको छ ।

प्रतिनिधि सभा सदस्यतर्फ रुपन्देही-१ म विशाल बास्कोटा, २ मा डा.निकोलस भुसाल, ३ मा प्रख्यात बन्जाडे र ५ मा भीष्म राना लौरो चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बन्ने घोषणा भएको हो । बास्कोटा स्वास्थ्यकर्मी, भुसाल मनोरोग चिकित्सक, बन्जाडे अधिवक्ता र राना पूर्व भारतीय सैनिक हुन् ।

यस्तै प्रदेश सभा सदस्यतर्फ रुपन्देही ४ खमा सञ्जयकुमार मिश्रा र ५ कमा कमल ढकालले उम्मेदवारी घोषणा गरेका छन् ।

यस्तै कपिलवस्तु क्षेत्र नं.१ प्रतिनिधिसभा सदस्यमा इन्जिनियर देवेन्द्रकुमार शर्मा र प्युठानमा रामचन्द्र केसीले उम्मेदवार बन्ने घोषणा गरेका छन् । उनीहरूलाई हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरे र लौरो अभियानका संयोजक सुमन सायमीले चुनाव चिन्ह लौरो प्रदान गरेका छन् ।

उम्मेदवारी घोषणा कार्यक्रममा घिमिरेले सक्षम र योग्य युवाहरूलाई निर्वाचित गरेर देश बनाउने सङ्कल्पसहित लौरो अभियान सुरु भएको भन्दै पुराना दल र नेताहरूबाट समृद्धि र सुशासन सम्भव नहुने बताए ।

प्रतिनिधि सभा र प्रदेशसभामा स्वतन्त्र उम्मेदवारले जितेमा मुलुकलाई आर्थिक बोझ थोपर्ने संरचनाहरू घटाउने या अनावश्यक भए हटाउने बताए ।

पौने ७ अर्बको लुम्बिनी प्रादेशिक अस्पताल ठेक्कामा डेढ अर्ब रुपैयाँ कमिसन लिएर राज्यलाई नोक्सानी पार्न लागेको थाहा पाएर आफूले ‘दलालको दलाल बन्दिन’ भनेर पदबाट राजीनामा दिएर स्वतन्त्र अभियानमा होमिएको उनले बताए । घिमिरे प्रदेश पूर्वाधार विकास प्राधिकरणको सिइओ थिए ।

रवि लामिछाने र रमेश खरेलको पार्टीसँग चुनावमा एक भएर जान लौरो अभियानले निरन्तर वार्ता गरिरहेको उनले खुलाए ।

लौरो अभियानका संयोजक सुमन सायमीले सत्तामा रहेका दलहरूमा गठबन्धनको अहङ्कार रहेको र दलीय सर्वसत्तावाद लादेको भन्दै नागरिकहरू यसबाट मुक्त भए मात्रै परिवर्तन आउन सक्ने बताए ।

काठमाडौँमा बालेन साहले एक्लै जितेर स्वतन्त्रले राम्रो गर्न सक्छन् भन्ने पुष्टि गरेकाले स्वतन्त्र युवा उम्मेदवारहरू उत्साहित भएको सायमीको दाबी छ ।