राष्ट्रिय सभाले संशोधन गरेका तीन वटा विधेयक प्रतिनिधि सभाबाट स्वीकृत « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

राष्ट्रिय सभाले संशोधन गरेका तीन वटा विधेयक प्रतिनिधि सभाबाट स्वीकृत


३१ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । प्रतिनिधि सभा बैठकले राष्ट्रिय सभाले संशोधन गरेका तीन वटा विधेयकलाई स्वीकृत गरेको छ।

प्रतिनिधि सभाको शुक्रबार बसेको दोस्रो बैठकले राष्ट्रिय सभाबाट संशोधन भएर आएका तीन वटा विधेयकलाई बहुमतले स्वीकृत गरेको हो।

बैठकमा पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन बहुमतले स्वीकृत भएको छ।

त्यसैगरी बीमा विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन बहुमतले स्वीकृत भएको छ।

प्रतिनिधि सभाको आगामी बैठक असोज १ गते शनिबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस