डा.गोविन्द केसीको मागप्रति गम्भीर छौँ, छलफल भइरहेको छ : स्वास्थ्य राज्यमन्त्री « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

डा.गोविन्द केसीको मागप्रति गम्भीर छौँ, छलफल भइरहेको छ : स्वास्थ्य राज्यमन्त्री


३१ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले चिकित्सा शिक्षाका अभियन्ता अनसनरत डा।गोविन्द केसीको मागप्रति गम्भीर भएको बताएका छन् । राज्यमन्त्री केसीले अभियन्ता डा.केसीले उठाएका मागहरूका विषयमा गहन छलफल भइरहेको बताएका हुन् । 

तोकिएको दरबन्दीअनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालको दरबन्दी तत्काल हालको बेड सङ्ख्याअनुसार बढाइनुपर्ने, जनसङ्ख्याको वृद्धिअनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गरिनुपर्ने माग राख्दै डा।केसी धनगढीमा अनसनरत छन् । 

संविधानले सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गरिनुपर्ने, सरकारले तोकेको सूचीअनुसारका सबै निःशुल्क औषधि आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गरिनुपर्ने डा.केसीको माग छ ।

Tags :
प्रतिक्रिया दिनुहोस