महरा निर्वाचित भएको क्षेत्रमा रेखा शर्माको दाबी « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

महरा निर्वाचित भएको क्षेत्रमा रेखा शर्माको दाबी


३१ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की नेता रेखा शर्माले पार्टी उपाध्यक्ष कृष्णबहादुर महाराको क्षेत्रमा दाबी गरेकी छन्।

नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य समेत रहेकी शर्माले दाङ क्षेत्र नं २ दाबी गरेकी हुन्।

२०७४ को निर्वाचनमा उक्त क्षेत्रबाट महरा विजयी भएका थिए। शर्मा अहिले प्रतिनिधि सभामा समानुपातिक तर्फ सांसद छन्।

उनी दोस्रो संविधान सभामा समेत सदस्य थिइन्।

२०७२ मा केपी ओली नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री भएकी शर्मा माओवादी केन्द्र संसदीय दलको प्रमुख सचेतक समेत भइसकेकी छन्।

शर्मा जनयुद्धकालमै अखिल नेपाल क्रान्तिकारी महिला सङ्घको अध्यक्ष भइसकेकी छन्। संसदीय राजनीतिमा पनि शर्मा माओवादीभित्र परिपक्व सांसदको रूपमा चिनिन्छिन्।

माओवादीभित्र स्थायी कमिटीमा रहेका महिलाहरूले यसपटक प्रत्यक्ष निर्वाचनमा दाबी गरेका छन्। पूर्व सभामुख ‌ओनसरी घर्तीले पनि काठमाडौं क्षेत्र नं २ बाट निर्वाचन लड्न चाहेकी छन्।

२०४८ सालसमेत गरी ४ पटक निर्वाचित भइसकेका महराले यसपटक समानुपातिकमा बस्न चाहेको बताइएको छ। यद्यपि उनी रोल्पा र दाङका २ गरी तीन ठाउँबाट सिफारिस भइसकेका छन्। दाङ क्षेत्र नं २ मा महरा र शर्मासँगै माओवादीबाट निर्मल आचार्यले पनि दाबी गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस