पिपुल्स हाइड्रोपावरको आइपीओ बिक्री खुला « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पिपुल्स हाइड्रोपावरको आइपीओ बिक्री खुला


३१ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । पिपुल्स हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आजदेखि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले स्थानीयलाई जारी पुँजीको ३ अर्ब २० करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता सेयर निष्कासन गरेको हो।

जसमध्ये आयोजना प्रभावित क्षेत्र अर्थात् लमजुङ जिल्लाको प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका वडा नम्बर ६ र ७ का स्थानीय बासिन्दाहरूका लागि ९ लाख ६० हजार कित्ता सेयर छुट्याइएको छ।

लमजुङ जिल्लाका स्थानीय बासिन्दाहरूले २२ लाख ४० हजार कित्ता सेयरमा आवेदन दिन सक्नेछन्। यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल मार्केटले गर्नेछ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको जनाउँछ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने छन्।

असोज १४ गतेदेखि असोज ३० गतेसम्म आइपीओ खुला रहनेछ। स्थानीय बासिन्दाले यसमा ग्लोबल आइएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिलेको एक्टेन्सन काउन्टरबाट आवेदन दिन सक्नेछन्।

त्यसैगरी, एनएमबी बैंकको भोटेवडार शाखा, सिद्धार्थ बैंकको बेसीसहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी(आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस