एमालेको प्रस्ताव : चोलेन्द्रलाई पूरक प्रश्न नगरौं, थप कागजात मगाऔं « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

एमालेको प्रस्ताव : चोलेन्द्रलाई पूरक प्रश्न नगरौं, थप कागजात मगाऔं


३१ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका सांसदहरुले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई पूरक प्रश्न नगरेर थप डकुमेन्ट संकलन गर्ने प्रस्ताव गरेका छन् ।

महाअभियोग सिफारिस समितिको आजको बैठकमा नेकपा एमालेका सांसदहरु कृष्णभक्त पोखरेल, लालबाबु पण्डित र शिवमाया तुम्बाहाम्फेले आवश्यक कागजात मगाएर मात्रै अगाडि बढ्नुपर्ने बताएका हुन् ।

सत्तारुढ गठबन्धनका सांसदहरु भने आजै पूरक प्रश्न गरेर प्रतिवेदन तयार पार्ने र भोलिको संसद बैठकमा पेश गर्ने योजनामा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस