Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

महिला साफ च्याम्पियनसिपको सेमिफाइनल खेल आज : नेपालले भारतसँग खेल्दै


३१ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । महिला साफ च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुँदैछन् । नेपालले भारतसँग खेल्दैछ। खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ ।

नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । भारत समूह ‘ए’ को अन्तिम खेलमा बङ्गलादेशसँग ३-० गोलले पराजित हुँदै समूहको उपविजेता टोली बनेको हो । साफ च्याम्पियनसिपको इतिहासमा नेपाल र भारत सेमिफाइनलमा खेल्न लागेको यो दोस्रो पटक हो । यसअघि सन् २०१७ मा नेपाल भारतसँग पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको थियो ।

नेपालको महिला टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारीले डेङ्गी सङ्क्रमणका कारण आजको खेलमा खेल्नेरनखेल्ने निर्णय भइसकेको छैन । त्यसअघि दिउँसो १ बजे बङ्गलादेश र भुटान खेल्दैछन् । बङ्गलादेश समूह ‘ए’ को विजेता र भुटान समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

महिला साफको इतिहासमा भारतले बङ्गलादेशसँग पहिलो पटक हार ब्यहोरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस