बेलायत पठाइदिन्छु भन्दै १३ लाख ठगी गर्ने पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बेलायत पठाइदिन्छु भन्दै १३ लाख ठगी गर्ने पक्राउ


३० भाद्र २०७९, बिहिबार


काठमाडौँ । प्रहरीले बेलायत पठाइदिन्छु भनी १३ लाख ४६ हजार ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । 

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बेलायत पठाइदिन्छु भनी  ठगी गर्ने सोलुखुम्बु दूधकोसी गाउँपालिका-२ घर भई कागेश्वर मनोहरा नगरपालिका काँडाघारी बस्ने ४३ वर्षीय बालकृष्ण कार्कीलाई आज पक्राउ गरेको हो ।

पक्राउ पर्ने कार्कीले केही व्यक्तिलाई ‘वर्किङ भिसा’मा बेलायतलगायतका देशमा रोजगारीका लागि पठाइदिन्छु भन्दै पीडितबाट नगद रु १३ लाख ४६ हजार लिएर सम्पर्कविहीन भएपछि प्रहरीले खोजी गर्ने क्रममा आज काठमाडौँ महानगरपालिका-४ धुम्बाराहीबाट पक्राउ गरेको हो । 

पक्राउ उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको सो कार्यालयले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस