सत्य निरूपण र बेपत्ता छानबिन विधेयक पास नहुने  « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

सत्य निरूपण र बेपत्ता छानबिन विधेयक पास नहुने 


३० भाद्र २०७९, बिहिबार


काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न सरकारले ल्याएको विधेयक प्रतिनिधि सभाको यो कार्यकालमा नटुङ्गिने भएको छ। 

प्रतिनिधि सभाको कानून समितिले विधेयकमा सहमति जुटाउन असफल भएको हो। सरकारले गत असार ३१ गते संशोधन विधेयक दर्ता गराए लगत्तै सरोकारवालाहरूले यसका केही प्रावधानमा विरोध जनाएका थिए। सरकारले सहमतिमा विधेयक अघि बढाउने भन्दै प्रतिनिधि सभाको कानून समितिमा छलफलका लागि पठाएको थियो। 

तर छलफलका दौरान सहमति जुट्न नसकेपछि विधेयक यो प्रतिनिधि सभाको कार्यकालबाट टुङ्गो नलाग्ने निश्चित भएको हो। नेकपा एमालेका सांसद शेरबहादुर तामाङले विधेयकमा मुख्यगरी दुई विषयमा सहमति जुट्न नसकेको बताए। 

त्यस्तै सरकारले ल्याएको विधेयकमा द्वन्द्वकालका घटनाबारे मुद्दा हेर्न उच्च अदालतका न्यायाधीशहरूको विशेष अदालत गठन गर्ने प्रस्ताव थियो। उक्त अदालतको निर्णय अन्तिम हुने व्याख्या विधेयकमा थियो। 

तर यसरी न्यायिक पुनरावलोकनमा जाने बाटो बन्द गरिएकोमा सरोकारवालाहरूले विरोध गरेका थिए। त्यस्तै नेकपा एमालेका सांसदहरूले विधेयकमा संशोधन दर्ता गराएका थिए। 

Tags :
प्रतिक्रिया दिनुहोस