मधेस प्रदेश : म्यादी प्रहरीमा भर्ना हुन पहिलो दिनमै साढे आठ हजार आवेदन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मधेस प्रदेश : म्यादी प्रहरीमा भर्ना हुन पहिलो दिनमै साढे आठ हजार आवेदन


३० भाद्र २०७९, बिहिबार


काठमाडौँ । मधेस प्रदेशमा म्यादी प्रहरीमा भर्नाको लागि पहिलो दिनमै साढे आठ हजार आवेदन परेको छ ।

बिहीबार साँझसम्म मधेस प्रदेशको सबै जिल्लामा गरी आठ हजार चारसय १३ जनाले म्यादी प्रहरी भर्नाको लागि आवेदन दिएका छन् । 

दुई हजार दुईसय ९७ महिला र छ हजार एकसय १६ जना पुरुषले पहिलो दिन आवेदन दिएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

उनका अनुसार प्रदेशमा सबैभन्दा बढी सप्तरीमा आवेदन परेको छ । सप्तरीमा एक हजार एकसय ६८ पुरुष र चार सय ३५ महिला गरी १६ सय तीन जनाले आवेदन दिएका छन् । 

यस्तै, सबैभन्दा कम आवेदन पर्सामा परेको छ । पर्सामा दुईसय २९ महिला र चारसय ६३ पुरुष गरी छ सय ९२ जनाले आवेदन दिएका छन् ।

सर्लाहीमा पुरुष एक हजार ६३ र महिला तीनसय ५९ जनाले आवेदन दिएको प्रहरी उपरीक्षक तथा प्रवक्ता तिम्सिनाले जानकारी दिए । 

सिरहामा तीनसय ७५ महिला र सातसय १९ पुरुष गरी एक हजार ९४ जनाको आवेदन परेको छ ।

धनुषामा आठसय २२ पुरुष र दुईसय ६२ महिला गरी एक हजार ८४ आवेदन परेको छ ।

महोत्तरीमा पाँचसय २५ पुरुष र दुईसय ६० महिला गरी सात सय ८५ वटा आवेदन परेको छ । 

यस्तै, रौतहटमा सबैभन्दा कम महिलाले आवेदन दिएका छन् ।  रौतहटमा एकसय ३६ महिला र आठसय ७० पुरुष गरी एक हजार छ जनाको आवेदन परेको छ ।

बारामा दुईसय ४२ महिला र चारसय ८६ पुरुषको आवेदन परेको छ । 

बिहीबारदेखि जिल्ला प्रहरी कार्यालयबाट आवेदन लिन सुरु गरिएको हो । बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म आवेदन बुझाउने समय तोकिएको छ । आवेदन असोज ६ गतेसम्म मात्र लिइनेछ । 

Tags :
प्रतिक्रिया दिनुहोस