डिजिटल होर्डिङ बोर्डमार्फत विज्ञापन गर्न​ पाउनुपर्ने मागमा अन्तरिम आदेश दिन अस्वीकार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डिजिटल होर्डिङ बोर्डमार्फत विज्ञापन गर्न​ पाउनुपर्ने मागमा अन्तरिम आदेश दिन अस्वीकार


३० भाद्र २०७९, बिहिबार


उच्च अदालत पाटनले डिजिटल होर्डिङ बोर्डमार्फत विज्ञापन दिन पाउनुपर्ने माग राख्दै दायर  रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

बिहीबार अदालतले प्लेयर सुलोसन नेपालले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

प्लेयर सुलोसनले काठमाडौँ महानगरपालिकालाई विपक्ष बनाएर डिजिटल होर्डिङ बोर्डमार्फत विज्ञापन गर्न पाउनुपर्ने माग राख्दै उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेको थियो । उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले मुद्दाको अन्तिम किनारा नलागेसम्म बोर्ड भने नहटाउन अन्तरिम आदेश जारी गरेको छ । तर काठमाडौँ महानगरपालिकाले भने बोर्ड आफै नझिके महानगरले झिकेर लैजाने चेतावनी र सूचना जारी गरेको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस