२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब घर-जग्गा कारोबार गर्न अनुमति लिनुपर्ने, अनुमतिविना किनबेच गरे १० लाख रुपैयाँसम्म जरिवाना

अ+ अ-

काठमाडौँ । घर-जग्गा सम्बन्धी कारोबार गर्न अब अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था सरकारले गर्न लागेको छ। मालपोत ऐन-२०३४ संशोधन गर्दै सरकारले यस्तो व्यवस्था गर्न लागेको हो।

सरकारले नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक नै जारी गरेर विभिन्न ऐन संशोधन गर्न लागेको छ। सरकारबाट सञ्चालन भएका क्षेत्रको आर्थिक क्रियाकलाप पारदर्शी बनाउन ऐन संशोधन गर्न लागिएको हो।

उक्त विधेयक प्रतिनिधिसभाबाट पारित भइसकेको छ। अब राष्ट्रियसभाले पारित गरेर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो लागू हुनेछ।

यो ऐन लागू भएपछि नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको क्षेत्रमा सोही सूचनामा उल्लेख भएको क्षेत्रफल वा सीमाभन्दा बढीको घर-जग्गा सम्बन्धी कारोबार गर्दा अनुमति लिनु पर्नेछ।

घर-जग्गा सम्बन्धी कारोबार भन्नाले कुनै शुल्क लिई वा नलिई कसैको घर वा जग्गा खरिद वा बिक्री गर्न सहयोग गर्ने, त्यस्तो घर वा जग्गा खरिद वा बिक्री गर्ने व्यक्तिलाई परामर्श दिने वा सो विषयमा अन्य कुनै किसिमले कुनै सेवा उपलब्ध गराउने बुझ्नु पर्छ।

घर(जग्गा सम्बन्धी कारोबार गर्न अनुमतिका लागि निवेदन दिनु पर्नेछ। यस्तो निवेदन नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकेको अधिकारीसमक्ष दिनु पर्नेछ। नेपाल सरकारले नेपाल सरकार वा प्रदेश सरकारको अधिकारीलाई यस्तो व्यक्ति तोक्न सक्नेछ। यसरी लिएको इजाजत पाँच वर्षसम्म कायम रहने छ।

इजाजत पत्र नलिई सरकारले तोकेको क्षेत्रमा घर-जग्गा सम्बन्धी कारोबार गरेमा सम्बन्धित अधिकारीले कारोबार गर्ने व्यक्तिलाई १० लाख रुपैयाँसम्म जरिवाना गर्नसक्ने व्यवस्था गरिएको छ।