राणाले आरोप प्रमाणित गरे पेसा छोड्न तयार छु : चण्डेश्वर श्रेष्ठ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राणाले आरोप प्रमाणित गरे पेसा छोड्न तयार छु : चण्डेश्वर श्रेष्ठ


३० भाद्र २०७९, बिहिबार


काठमाडौँ । नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग न्यायाधीश पद नमागेको दाबी गरेका छन् ।

बिहीबार महाभियोग सिफारिस समितिको बैठकमा जवाफ दिन उपस्थित भएका श्रेष्ठले राणाको सो दाबी सही हो भने सिसिटिभी फुटेज सार्वजनिक गर्न आग्रह गरे ।

बारको अध्यक्षको हैसियतले आफूले न्यायालय सुधारका लागि अघि बढ्दा त्यस्तो आरोप लगाइएको बताए । उनले आफूमाथि लागेको आरोप प्रमाणित गर्ने प्रमाण पुष्टि गरे उनले आफू पेसा छोड्न तयार रहेको बताए । उनले न्यायालय सुधारका लागि सबै पक्ष लागि पर्न आग्रह गर्दै न्यायपालिकामा चोलेन्द्रजस्ता फेरि नजन्मिउन् भन्ने कामना गरे।

उनले प्रधानन्यायाधीश राणाका भाइले बिचौलियाको भूमिका खेलेको कुरा बालुवाटारमा गएर भनेको उल्लेख गरे । कुनै मुद्दामा राणाले ४ करोड रुपैयाँ लिएर फैसला गरेको भन्ने सुन्नमा आएकोले त्यसमाथि पनि छानबिन होस् भन्ने माग गरे ।

उनले आफू ७१ वर्षको भएको र चोलेन्द्र शमशेरभन्दा निकै अगाडिदेखि वकालत पेसामा आबद्ध रहेको बताउँदै न्यायाधीश नियुक्तिमा चलखेल गरेको भए कारबाही भोग्न तयार रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस