५७ अंकले घट्यो नेप्से, सेयर कारोबार २ अर्बमाथि « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

५७ अंकले घट्यो नेप्से, सेयर कारोबार २ अर्बमाथि


३० भाद्र २०७९, बिहिबार


काठमाडौँ । पछिल्लो दुई दिन लगातार वृद्धि भएको सेयर बजारमा बिहीबार भने उच्च गिरावट भएको छ । दोहोरो अंकको गिरावट आउँदा बजार राताम्मे बनेको छ। नेप्से ५७ अंकले घटेर १९२४.४८ विन्दुमा पुगेको छ।

२३२ कम्पनीको ६९ लाख ४० हजार ५९६ कित्ता सेयर २ अर्ब १२ करोड ५६ लाख ५५ हजार ७८७ रुपैयाँमा खरिदबिक्री भयो।

अघिल्लो कारोबार दिन बुधबार नेप्से परिसूचक ४७.४४ अंकले बढेको थियो। सो दिन १ अर्ब ४५ करोड बराबरको सेयर कारोबार भएको थियो।

कारोबारमा आएका सबै समूहको सूचक घटेको छ। फाइनान्स समूहको सूचक सर्वाधिक ५.२४ प्रतिशतले ओरालो लाग्यो।

यस्तै, डेभलपमेन्टको सूचक ४.६५, हाइड्रो पावरको ४.४६ घट्‍दा ट्रेडिङको ३.९७, होटल्स एन्ड टुरिजमको ३.४२, मनु एन्ड प्रोको ३.१६, अदर्शको ३.९४ र इन्भेष्टमेन्ट समूहको ३.२९ प्रतिशतले घट्यो।

Tags :
प्रतिक्रिया दिनुहोस