महाअभियोग सिफारिस समितिको बैठक सर्‍यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

महाअभियोग सिफारिस समितिको बैठक सर्‍यो


३० भाद्र २०७९, बिहिबार


काठमाडौँ । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको बैठक ३ बजेलाई सरेको छ ।

यसअघि १ बजे बस्ने भनिएको बैठक ३ बजेका लागि सारिएको हो । बिहीबारको बैठकमा सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आरोपित गरेका न्यायाधीश र कानुन व्यवसायीसँग छलफल गर्ने तयारी गरेको थियो ।

यद्यपि सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र पूर्वप्रधानन्यायाधीशहरुले सिफारिस समितिमा उपस्थित नहुने बताइसकेका छन् ।

पूर्वप्रधानन्यायाधीशहरु नआउने भएपछि कानुन व्यवसायीसँग ३ बजेपछि छलफल गरिने महाअभियोग सिफारिस समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस