अग्निपथ योजनाबारे चुनावपछिको सरकारले निर्णय गर्छ : परराष्ट्र मन्त्रालय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अग्निपथ योजनाबारे चुनावपछिको सरकारले निर्णय गर्छ : परराष्ट्र मन्त्रालय


३० भाद्र २०७९, बिहिबार


काठमाडौँ । परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना अग्निपथबारे चुनावपछि बन्ने सरकारले निर्णय गर्ने बताएको छ ।

बिहीबार नियमित प्रेस ब्रिफिङमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अग्निपथ योजनाबारे तत्काल निर्णय हुने सम्भावना नभएको बताएकी हुन् ।

भारतको अग्निपथ योजनामा नेपाली युवालाई पनि सहभागी गराउन खोजेको छ । तर नेपालले यसबारे निर्णय गरेको छैन । परराष्ट्रकी प्रवक्ता लम्सालले अग्निपथमा सहभागी हुने वा नहुने बारे राष्ट्रिय सहमति पनि आवश्यक पर्ने भएकाले तत्काल निर्णय हुने सम्भावना नभएको बताएकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस