खुले तातोपानी र रसुवागढी नाका « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

खुले तातोपानी र रसुवागढी नाका


३० भाद्र २०७९, बिहिबार


काठमाडौँ । चीन तर्फका तातोपानी र रसुवागढी नाका सञ्चालनमा आएका छन् । दुवै नाका डेढ महिनादेखि बन्द थिए ।

रसुवागढी नाका भएर बिहीबार बिहान सात वटा कन्टेनर नेपाल भित्रिएको छ भने तातोपानी नाकाबाट दुई वटा कन्टेनर नेपाली भूमिमा प्रवेश गरेको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार बिहीबार बिहान नाकाबाट सात वटा कन्टेनर नेपाली भन्सार यार्डमा आइपुगेको छ । थप सात वटा कन्टेनर आउने जानकारी चिनियाँ पक्षले गराएको उनले बताए ।

यता तातोपानी नाकाबाट कति कन्टेनर दैनिक नेपाल भित्रिन्छन् भन्ने स्पष्ट जानकारी नआएको भन्सार कार्यालयले जनाएको छ । बिहीबार भित्रिएको कन्टेनरमा एउटामा कच्चा उन र अर्कोमा जलविद्युत् पूर्वाधारका सामग्री रहेको भन्सार कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस