प्रतिनिधिसभाको बैठक स्थगित « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

प्रतिनिधिसभाको बैठक स्थगित


३० भाद्र २०७९, बिहिबार


sanghiya sansad

काठमाडौँ । आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

बिहिवार दिउँसो १ बजे बस्ने भनिएको बैठक भोलि (शुक्रबार) बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिए ।

योगीले जारी गरेको सूचनामा ‘मिति २०७९ साल भदौ ३० गते बिहीबार दिनको १ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३)बमोजिम सम्माननीय सभामुखज्यूले उक्त बैठक मिति २०७९ साल भदौ ३१ गते शुक्रबार बिहान ११ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा मा। सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ, ।

Tags :
प्रतिक्रिया दिनुहोस