गठबन्धनले असोज ४ गते सिट बाँडफाँट टुङ्ग्याउने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गठबन्धनले असोज ४ गते सिट बाँडफाँट टुङ्ग्याउने


३० भाद्र २०७९, बिहिबार


काठमाडौँ । सत्ता गठबन्धनले समानुपातिक प्रतिनिधित्वको बन्द सूची पेस गरिसकेपछि प्रत्यक्षतर्फको सिट बाँडफाँट टुङ्ग्याउने भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लका अनुसार असोज ४ गते गठबन्धनको बैठक बसेर क्षेत्र (सिट) बाँडफाँट टुङ्गो लगाउने समझदारी बनेको छ ।

सहमति जुट्न नसकेपछि जसपा अध्यक्ष उपेन्द्र यादवले गठबन्धन छोड्ने चेतावनी यसअघि नै दिएका थिए ।

तर, मल्ल भने निर्वाचन क्षेत्र बाँडफाँटका बारेमा गठबन्धन दलबिच सकारात्मक दिशामा छलफल भइरहेको बताए ।

माओवादी पार्टी पदाधिकारीको बुधवारको बैठकले अनुशासन आयोगका अध्यक्ष टङ्क राईको नेतृत्वमा स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातबारे छानबिन गर्न बनेको समितिको प्रतिवेदनबारे प्रारम्भिक छलफल भएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस