स्वीडेनकी प्रधानमन्त्रीले राजीनामा दिँदै « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

स्वीडेनकी प्रधानमन्त्रीले राजीनामा दिँदै


३० भाद्र २०७९, बिहिबार


काठमाडौँ । स्वीडेनकी प्रधानमन्त्री मगदालेना एन्डरसनले पदबाट राजीनामा दिने घोषणा गरेकी छिन् ।

आइतबार भएको निर्वाचनमा एन्डरसनको केन्द्र–वाम गठबन्धन दक्षिणपन्थी पार्टीसँगको निर्वाचनमा झिनो मतले पराजित हुने देखिएसँगै उनले राजीनामा घोषणा गरेकी हुन् ।

९९ प्रतिशत मत गणना हुँदा वाम गठबन्धनले १७३ र दक्षिणपन्थी गठबन्धनले १७३ सिट ल्याएको छ । उदारवादी दलका नेता युल्फ त्रिस्टर्सनले सरकार बनाउने अनुमान गरिएको छ ।

मत पुनः गणना गरेपछि मात्र अन्तिम परिणाम घोषणा गरिनेछ, जुन स्विडेनको राजनीतिक अभ्यास हो । यस बाबजुद एन्डरसन बुधबार आयोजित पत्रकार सम्मेलनमा आफ्नो पराजय स्वीकार गरेकी छिन् । उनले आज बिहीबार औपचारिक रूपमा राजीनामा दिने घोषणा गरेकी छिन् ।

‘संसदमा उनीहरूलाई एक–दुई सिट फाइदा हुन्छ’, उनले भनिन् ‘यो सामान्य बहुमत हो । यद्यपि, यो बहुमत हो ।’ अपराध, आप्रवासन, समायोजन विषय र विद्युत्को बढ्दो मूल्यवृद्धि जस्ता विषयले चुनावमा स्थान पाएका थिए । गत वर्ष प्रधानमन्त्रीको पद सम्हालेपछि उनी नर्डिक देशबाट पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस