एएफसी यू-२० एसियन कप छनोटबाट बाहिरियो नेपाल « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

एएफसी यू-२० एसियन कप छनोटबाट बाहिरियो नेपाल


३० भाद्र २०७९, बिहिबार


काठमाडौँ । नेपाली युवा टोलीले बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा लज्जास्पद हार व्यहोरेको छ।

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा बुधबार राति नेपाल घरेलु टोली बहराइनसँग ६-० ले गोल अन्तरले पराजित भएको हो।

बहराइनको जितमा अब्दुल्ला अली अल्सुबाईले दुई तथा कप्तान अब्दुल्लाह सुल्तान अल्खालासी, सायद अली नसिर, अब्दुलरहमान गडबन र मुबारक मोहमद हाबिबले समान एक गोल गरे।

खेलको २०औँ मिनेटमा अब्दुल्लाहले पेनाल्टीमार्फत गोल गर्दै बहराइनलाई सुरूआती अग्रता दिलाएका थिए। २८औँ मिनेटमा अमर श्रेष्ठले रातो कार्ड पाएपछि नेपाल पहिलो हाफमै १० खेलाडीमा समेटियो।

४२ औँ मिनेटमा नसिरले गोल गर्दै बहराइनलाई पहिलो हाफमा २-० को अग्रता दिलाए।

दोस्रो हाफमा थप आक्रमक देखिएको बहराइनले ४ गोल थप्यो। ६७औँ मिनेटमा अब्दुलरहमानले गोल गर्दै बहराइनलाई ३-० ले अद्दि बढाए। ८३औँ मिनेटमा अब्दुल्लाले गोल गर्दै बहराइन ४-० ले अघि बढ्यो।

८८औँ मिनेटमा अब्दुल्लाले व्यक्तिगत दोस्रो गोल गर्दै बहराइनलाई ५-० को अग्रता दिलाए। ९० औँ मिनेटमा मुबारकले गोल गर्दै बहराइनलाई ६-० को सानदार जित दिलाए।

यो जितसँगै समूह ‘बी’ मा बहराइनले पहिलो जित निकाल्दै २ खेलमा ४ अंक जोडेको छ।

लगातार तेस्रो हार बेहोरेको नेपाल अंकविहीन हुँदै पुछारमा रहेर छनोटबाट बाहिहिरएको छ। पहिलो खेलमा नेपाल भुटानसँग २-० ले तथा दोस्रो खेलमा कतारसँग ३-१ ले पराजित भएको थियो।

अब नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार बगलादेशसँग खेल्नेछ। समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन्।

Tags :
प्रतिक्रिया दिनुहोस