‘झारा टार्न’ नाका खोल्दै चीन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘झारा टार्न’ नाका खोल्दै चीन


३० भाद्र २०७९, बिहिबार


काठमाडौँ । कोभिडको बहाना देखाएर एकतर्फी रूपमा सीमा नाका बन्द गरेको चीनले ट्रान्जिटमा रोकिएका मालवाहक कन्टेनरलाई नेपाल आउन दिने भएको छ ।

नेपाल भ्रमणमा रहेका चिनियाँ जनकाँग्रेसका अध्यक्ष ली चान्सुलाई राजनीतिक नेतृत्वले नाका खोल्न अनुरोध गरेपछि झारा टार्नु भए पनि चीनले केही दिनका लागि नाका खुलाउन लागेको हो ।

चीनले गत महिनादेखि तातोपानी र रसुवागढी नाका बन्द गरेको छ । राष्ट्रपति विद्या भण्डारीसँग बुधबार भएको भेटमा लीले बिहीबारदेखि नै सीमा खोल्ने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस