परराष्ट्र सचिव पौड्याल र भारतका विदेशमन्त्री जयशंकरबीच भेटघाट « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

परराष्ट्र सचिव पौड्याल र भारतका विदेशमन्त्री जयशंकरबीच भेटघाट


२९ भाद्र २०७९, बुधबार


काठमाडौँ । परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेशमन्त्री एस.जयशंकरबीच भारतको राजधानी नयाँ दिल्लीमा भेटघाट भएको छ । जयशंकरले दुई जना बीचको भेटको तस्बिर ट्वीट गर्दै ‘भारतमा भएका उनी (पौडेल)का छलफलहरू उपलब्धिपूर्ण रहेको थाहा पाउँदा खुसी लाग्यो’ लेखेका छन् ।  

नेपालका परराष्ट्र सचिव पौडेलले उनका भारतीय समकक्षी विनयमोहन क्वात्राको निमन्त्रणमा सेप्टेम्बर १३ देखि भारतको औपचारिक भ्रमणमा छन् । दुई समकक्षीहरूबिच हिजै नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा द्विपक्षीय भेटवार्ता भएको थियो । 

दुई सचिव बीचको भेटमा दुई देशको सहकार्यका विविध विषयमा छलफल भएको भारतस्थित नेपाली दूतावासले हिजो (सेप्टेम्बर १३) जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनीहरुबीच ‘भारत तथा नेपालका प्रधानमन्त्रीबाट एक अर्काको देशमा भएका पछिल्ला भ्रमणहरूको समीक्षा गर्दै ती भेटबाट दुई देशको सम्बन्ध विकासमा थप गति दिने मार्ग र माध्यमबारे पनि विचार विमर्श भएको’ नेपाली दूतावासको विज्ञप्तिमा उल्लेख छ । 

त्यसबाहेक दुई सचिवबीच सीमा क्षेत्रबारे पनि बहस भएको र सुल्झिन बाँकी सीमा क्षेत्रको काम टुङ्गोमा पुर्‍याउने बारेमा पनि छलफल भएको थियो । भारतका विदेश सचिवले नेपालका परराष्ट्र सचिव पौड्यालको सम्मानमा हिजो रात्रीभोज पनि दिएका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस