मन्त्री श्रेष्ठको दाबी : एक वर्ष नपुग्दै ४९ हजारलाई लालपुर्जा दियौँ  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मन्त्री श्रेष्ठको दाबी : एक वर्ष नपुग्दै ४९ हजारलाई लालपुर्जा दियौँ 


२९ भाद्र २०७९, बुधबार


काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले एक वर्षमा ४९ हजार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरेको बताएकी छन् ।

मोरङको कानेपोखरी गाउँपालिका– ६ मा आयोजित लालपुर्जा वितरण कार्यक्रममा उनले गत वर्षको कात्तिकयता ४९ हजारलाई लालपुर्जा वितरण गरेको बताएकी छन् । उनले लालपुर्जा वितरणको काम कुनै पनि बाहनाले नरोकिने पनि बताइन् ।

सरकारले यही वर्षभित्रमा देशभरका सम्पूर्ण गाउँघरका सुकुमबासीहरुलाई पुर्जा वितरण गरिसक्ने लक्ष्य लिएको उनको भनाइ छ । उनले नागरिकलाई पुर्जा दिने कुरामा जस कसले लिने भन्ने प्रमुख कुरा नभएको पनि बताइन् ।

धनीपूर्जा पाएकाहरूले आफ्नै छाप्रोमा मर्न पाइने भयो भनेर सुनाएको प्रसङ्ग निकाल्दै अलिसान महलमा बस्नेहरूले चुनावको नाममा गरिबहरूको हुर्मत लिने कोसिस भइरहेको पनि बताइन् । उनले पुर्जा बाँड्ने कुरा राज्यको दायित्व भएको बताइन् ।

कानेपोखरीको वडा नम्बर ६ का ६७ जना भूमिहीन सुकुमबासी तथा भूमिहीन दलित परिवारलाई सुकुमबासी आयोगले पुर्जा वितरण मन्त्री श्रेष्ठले गरेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस