पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता, यस्तो भयो सहमति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता, यस्तो भयो सहमति


२९ भाद्र २०७९, बुधबार


काठमाडौँ । पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । दसैँको मुखमा व्यवसायीहरूले आफ्नो माग पूरा गर्न दबाब दिँदै आन्दोलन थालेकामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तापछि व्यवसायी आन्दोलन फिर्ता लिन सहमत भएका हुन् । 

सहमतिअनुसार आजैबाट आन्दोलनका कार्यक्रम स्थगित गरी ढुवानी सेवा सुचारु गर्ने निर्णय भएको छ । सहमतिपत्रमा पूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका अध्यक्ष खगेश्वर बोहराको हस्ताक्षर छ । तीन बुँदे सहमतिअनुसार नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले ढुवानी भाडा वृद्धि तथा समायोजन गर्न माग गरेकामा यसबारेमा असोज ७ गते सम्ममा निर्णय गरी लागू गर्ने सहमति भएको छ । 

यस्तै नेपाल पेट्रोलियम टैंकर चालक संघ र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले राखेका मागका सम्बन्धमा महासङ्घको प्रतिनिधिसहित सम्बन्धित संघ तथा सङ्गठनको प्रतिनिधिहरूको उपस्थितिमा आवश्यक छलफल गरी शीघ्र उचित सम्बोधन गर्ने सहमति भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस