न्यायाधीशमा सिफारिस भएका तीन जनाविरुद्ध उजुरी आह्वान « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

न्यायाधीशमा सिफारिस भएका तीन जनाविरुद्ध उजुरी आह्वान


२९ भाद्र २०७९, बुधबार


काठमाडौँ । संघीय संसद, संसदीय सुनुवाइ समितिले न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका तीन जनाविरुद्ध उजुरी आह्वान गरेको छ । 

संसदीय सुनुवाइको प्रक्रिया थाल्दै समितिले उनीहरुविरुद्ध कुनै उजुरी भए ७ दिनभित्र निवेदन दिन आग्रह गरेको हो ।  

सूचना दिने दाताले आफ्नो नाम, थर, वतन र सम्पर्क नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने र निजले चाहेमा परिचय गोप्य राखिने समितिले जारी गरेको सूचनामा उल्लेख छ। 

न्यायपरिषदले न्यायाधीशका लागि नीता गौतम दीक्षित, विनोद शर्मा र दिनानाथ पराजुलीको नाम सिफारिस गरेर भदौ २२ गते समितिमा पठाएको थियो ।  सूचना दिन चाहनेले सिंहदरबारस्थित सुनुवाइ समितिको कार्यालयमा वा इमेलमार्फत पठाउनुपर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस