चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’ को ट्रेलर सार्वजनिक « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’ को ट्रेलर सार्वजनिक


२९ भाद्र २०७९, बुधबार


काठमाडौँ । अन्तरजातीय प्रेमको कथावस्तुमा आधारित चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर सार्वजनिक भएको छ ।

देवेन्द्र पाण्डे निर्देशित चलचित्रले दलित युवक र ब्राम्हण युवतीबीचको प्रेम, विवाह र त्यसपछि आउने सामाजिक उतारचढावको कथालाई पेश गर्छ । अभिनाश न्यौपाने र श्रेया कार्की प्रमुख भूमिकामा छन् ।

ट्रेलरले रुकुम चौरहजारी घटना प्रकरण सम्झाउँछ । उक्त घटनामा आठजना भेरी नदीमा बेपत्ता भएका थिए । भेरी नगरपालिका-४ का नवराज विक मल्ल थरकी युवतीसँग प्रेमविवाह गर्न जाजरकोटको भेरी नगरपालिका-४ मा १९ जनाको समूह लिएर गएका थिए ।

त्यसबेला केटी लाने पक्ष र केटाको पक्षबीच झडप भएको थियो । भाग्ने क्रममा नदीमा हामफालेका नवराजको शव नदीको बीचमा भेटिएको थियो । यही कथावस्तुबाट प्रभावित फिल्मको ट्रेलर मर्मस्पर्शी लाग्छ ।

सौरपानी मिडिया प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा मोहन निरौला, उत्तम केसी, सुरु सुनुवार लगायतको अभिनय छ ।

हेर्नुस् ट्रेलर :

Tags :
प्रतिक्रिया दिनुहोस