वाणिज्य विभागको महानिर्देशकमा महेश भट्टराई « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वाणिज्य विभागको महानिर्देशकमा महेश भट्टराई


२९ भाद्र २०७९, बुधबार


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकको जिम्मेवारी महेश भट्टराईलाई दिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिन अघि भट्टराईलाई अर्थ मन्त्रालयबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको थियो ।

भट्टराई यसअघि अर्थ मन्त्रालय मातहतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख थिए । विमानस्थल भन्सारमा १० महिना काम गरेका उनले झिटीगुन्टाको सुन दुरुपयोग रोक्न नतिजामुखी काम गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस