जबराले नाम लिएका न्यायाधीश र वकिललाई बोलायो महाभियोग सिफारिस समितिले छलफलमा « प्रशासन
Logo १० आश्विन २०८०, बुधबार
   

जबराले नाम लिएका न्यायाधीश र वकिललाई बोलायो महाभियोग सिफारिस समितिले छलफलमा


२९ भाद्र २०७९, बुधबार


काठमाडौँ । महाभियोगमा लागेका आरोपको बयान दिने क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नाम लिएका सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीसँग पनि प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले छलफल गर्ने भएको छ ।

समिति सचिव लक्ष्मी गौतमका अनुसार बिहीबार बिहानदेखि सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीलाई छलफलमा बोलाउने निर्णय भएको हो ।

महाभियोग सिफारिस समितिको बुधवारको बैठकले प्रधानन्यायाधीश जबराले नाम लिएका सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीलाई छलफलमा बोलाउने निर्णय भएको हो ।

बयानका क्रममा जबराले कायममुकायम प्रधानन्यायाधीश दीपक कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, प्रतिनिधिसभाको दोस्रो विघटनविरुद्धको मुद्दाको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा रहेका न्यायाधीशहरू मीरा खड्का, ईश्वर खतिवडा, आनन्द मोहन भट्टराईको नाम लिएका थिए । त्यस्तै, न्यायाधीश प्रकाशमान सिंह राउतको पनि जबराले नाम लिएका थिए ।

जबराले नेपाल बार एसोसिएसनका तत्कालीन अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लिलामणि पौडेललाई पनि जबराले न्यायाधीशलगायत मागेको र आफूले नदिएपछि आन्दोलनमा उत्रिएको बताएका थिए ।

त्यस्तै, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठ, हरिहर दाहाल, अधिवक्ता ओमप्रकाश अर्याललयातको नाम जबराले लिएका थिए । सबैलाई बिहीबार बोलाएर छलफल गर्ने निर्णय भएको गौतमले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस