महाअभियोग सिफारिस समितिले सोधपुछका लागि नेताहरूलाई नबोलाउने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महाअभियोग सिफारिस समितिले सोधपुछका लागि नेताहरूलाई नबोलाउने


२९ भाद्र २०७९, बुधबार


काठमाडौँ । महाअभियोग सिफारिस समितिले राजनीतिक दलका नेताहरूलाई भने सोधपुछका लागि नबोलाउने भएको छ ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग एकसरो बयान लिएर सकेको समितिको बैठक आज बिहान बसेको छ । सो बैठकले जबराले नाम लिएका पूर्व न्यायाधीश लगायतसँग पनि सोधपुछ गर्ने निर्णय गरेको छ ।

समितिका ज्येष्ठ सदस्य राम बहादुर विष्टका अनुसार चोलेन्द्रले बयानको क्रममा नाम लिएका पूर्व न्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूलाई समितिमा बोलाउने निर्णय गरेको छ । आज उनीहरूलाई पत्राचार गर्ने निर्णय गरेको विष्टले जानकारी दिए ।

तर राजनीतिक दलका नेताहरूलाई भने सोधपुछका लागि नबोलाउने समितिका एक जना सदस्य एवम् नेपाली काँग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए ।

महाअभियोग सिफारिस समितिको बैठक भोलि बस्ने छ । तर समय यकिन हुन बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस