बैङ्कको गल्तीले युवती बनिन् करोडपति, ११ महिनामा २९ करोड खर्च गरिन् « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

बैङ्कको गल्तीले युवती बनिन् करोडपति, ११ महिनामा २९ करोड खर्च गरिन्


२९ भाद्र २०७९, बुधबार


एजेन्सी । मान्छेको तालुमा आलु फलेपछि कहिलेकाहीँ बैङ्कको गल्तीले पनि रातारात करोडपति बनिँदो रहेछ । एक जना युवती यसै गरी करोडपति बनिन् ।

बैङ्कको गल्तीका कारण आफू करोडपति बनेपछि ती युवतीले खर्च गर्नमा पनि कुनै कसर बाँकी राखिनन् । मात्र ११ महिनामा उनले करिब २९ करोड रुपैयाँ खर्च गरेर उडाइन् ।

जब बैङ्कलाई आफ्नो गल्ती महसुस भयो तब उसले ती युवतीलाई सम्पर्क गर्ने कोसिस गर्‍यो । तर बैङ्कले सम्पर्क गर्ने कोसिस गरेसँगै युवती फरार भएकी छिन् ।

अस्ट्रेलियाको सिड्नीमा बस्ने २१ वर्षीया क्रिस्टिन जियाक्सिन नामक छात्रा मेकानिकल इन्जिनियरिंगमा अध्ययनरत थिइन्। वेस्ट प्याक बैङ्कले दुई वर्ष अगाडि गरेको गल्तीका कारण उनको खातामा भुल बस २६ लाख पाउण्ड बराबरको रकम जम्मा भयो ।

आफ्नो खातामा करोडौँ रकम जम्मा हुन आएपछि दङदास बनेकी क्रिस्टिनले सबैजसो पैसा खर्च गरेर उडाइन् ।

क्रिस्टिनले ११ महिनाभित्र निकै धेरै रकम खर्च गरिन् । गरगहनादेखि लत्ताकपडा खरिद गर्ने मात्र होइन पेन्ट हाउसमा आफ्नो महँगो पेन्टिङ बनाउने कामसम्म उनले गरिन् । उनले २५ सय पाउण्ड बराबरको रकम त आफ्नो अर्को बैङ्क खातामा सारिन्।

बैङ्कले सम्पर्क गर्न खोज्दा उनी फरार भइन् । बैङ्कले अनेक उपाय अपनाएर उनीमाथि १० करोड रुपैयाँ बराबरको रकम फिर्ता ल्याउन सफल भएको छ । तर अरू रकम उनले पचाउने सुर गरेकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस