अमेरिकी राजदूत बेरीले गरे प्रचण्डसँग बिदाई भेटवार्ता « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

अमेरिकी राजदूत बेरीले गरे प्रचण्डसँग बिदाई भेटवार्ता


२९ भाद्र २०७९, बुधबार


काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीबीच भेटवार्ता भएको छ। खुमलटारस्थित प्रचण्ड निवासमा बुधबार बिहान अध्यक्ष प्रचण्डसँग राजदूत बेरीले बिदाई भेटवार्ता गरेका हुन्।

भेटवार्तामा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका थिए।

नेपालका लागि अमेरिकी राजदूतमा डीन थम्पसन सिफारिस भइसकेका छन्। राष्ट्रपति जो वाइडेनले अमेरिकी विदेश मन्त्रालयमा दक्षिण र मध्य एसिया हेर्दै आएका थम्पसनलाई नेपालको नयाँ राजदूतमा प्रस्ताव गरेको ह्वाइट हाउसले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस