काठमाडौँ । जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइड बडी विमानमा समस्या आएपछि उडेको १५ मिनेटपछि काठमाडौँमै फर्किएको छ।
मङ्गलवार राति १० बजेर ३५ मिनेटका लागि जापानको नारिताका लागि उडेको जहाज काठमाडौँ विमानस्थल छाडेको १५ मिनेटमै काठमाडौँ फर्काइएको हो।
‘कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको ककपिटमा सङ्केत देखिएपछि चालकले जहाज काठमाडौँ नै फर्काएका थिए’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले भने।
चालक दलले जहाज काठमाडौँमा अवतरण गएपछि निगमले अर्को जहाज नभएका कारण ती यात्रुहरूलाई राति सिनामंगलमा रहेको एयरपोर्ट होटेल र ज्ञानेश्वरको का भेरी इन होटेलमा राखेको थियो।
जहाजलाई राति नै मर्मत गरेर ती यात्रुलाई आज बिहान नौ बजे नारिता उडाउने तयारी भइरहेको सिटौलाको भनाइ छ।