सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा अधिकारी नियुक्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा अधिकारी नियुक्त


२८ भाद्र २०७९, मंगलबार


काठमाडौँ । सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा तारानाथ अधिकारीलाई पठाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार विभागको महानिर्देशकमा अधिकारीलाई पठाउने निर्णय गरेका हुन्। 

हाल विभागको महानिर्देशक रहेका प्रेमप्रसाद भट्टराईको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सरुवा गरेर त्यहाँ अधिकारीलाई पठाइएको हो। 

सरुवाको निर्णय भएका अधिकारी हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत छन्। यही ५ भदौमा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको थियो। 

अधिकारी यसअघि पर्यटन विभागमा महानिर्देशक भएका हुन् भने त्यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा करिब दुई वर्ष कार्यरत थिए। 

यसअघि पर्यटन विभागको महानिर्देशक रही सकेका अधिकारी त्यसअघि अक्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रवक्तासमेत रही सकेका छन् । निर्णायक क्षमतामा अब्बल उनी कुशल र हक्की प्रशासकका रूपमा चिनिन्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस