जग्गा प्राप्तिको अनुमत लगत्तै प्रादेशिक संरचना निर्माण सुरु गरिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जग्गा प्राप्तिको अनुमत लगत्तै प्रादेशिक संरचना निर्माण सुरु गरिने


२८ भाद्र २०७९, मंगलबार


काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले संघीय सरकारबाट जग्गा प्राप्तिको अनुमति पाउनेबित्तिकै हेटौँडाको हटियामा प्रादेशिक संरचना निर्माणको काम सुरु गरिने बताएका छन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले संघीय सरकारबाट जग्गा प्राप्त हुनासाथ प्रादेशिक संरचना अन्तर्गतका मुख्यमन्त्री कार्यालय, मन्त्रालयहरू र संसद भवन लगायतका कार्यालयहरूको समेत निर्माण सुरु गरिने बताएका हुन् ।

उक्त कार्यका लागि प्रदेश सरकारले हेटौँडाको हटियामा ५५ बिगाहा क्षेत्रफलको जग्गा भोगाधिकारको लागि संघीय सरकारसँग अनुमति माग गर्दै निवेदन पेस गरिसकेको छ । सो विषय प्रक्रियामा नै रहेकाले केही समयमा नै संघीय सरकारले भोगाधिकारको अनुमति दिने र काम सुरु गरिने उनले बताए ।

प्रदेश सरकार मातहतमा जग्गा आएलगत्तै एकै स्थानमा मन्त्रालय र संसद भवन पनि निर्माण गर्ने तयारीका लागि डिजाइन एण्ड विल्ट अवधारणाका साथ संरचना निर्माणको ठेक्का प्रक्रियाको काम अगाडि बढेको उनले बताए । उक्त कार्यका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा १ अर्ब ५ करोड रुपैयाँ बजेट छुटाइएको बताए ।

सो स्थानमा ठुलो क्षेत्रफल भएकाले नेपाल प्रहरीका कार्यालय, सशस्त्र प्रहरी र अरू कार्यालयहरू पनि निर्माण गर्न सहज हुने भएकाले यो जग्गा प्राप्तिका लागि संघीय सरकारसँग निरन्तर पहलको काम भइरहेको मुख्यमन्त्री पाण्डेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस