प्रतिनिधिसभाको बैठक बुधबार बस्दै, यस्तो छ कार्यसूची « प्रशासन
Logo २० जेष्ठ २०८१, आइतबार
   

प्रतिनिधिसभाको बैठक बुधबार बस्दै, यस्तो छ कार्यसूची


२८ भाद्र २०७९, मंगलबार


काठमाडौँ । प्रतिनिधिसभाको बैठक बुधबार बस्दै छ । बुधबार बिहान ११ बजे बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको हो ।

सम्भावित कार्यसूची दुई बुँदे रहेको छ । पहिलो बुँदामा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने रहेको छ ।

साथै दोस्रो बुँदामा गृह मन्त्री बालकृष्ण खाँणले कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस