काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले मङ्गलवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १२६ रुपैयाँ ९४ पैसा र बिक्री दर १२७ रुपैयाँ ५४ पैसा रहेको छ। युरो एकको खरिद दर १२८ रुपैयाँ ७७ पैसा र बिक्री दर १२९ रुपैयाँ ३८ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १४८ रुपैयाँ २८ पैसा र बिक्री दर १४८ रुपैयाँ ९८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७० पैसा र बिक्री दर ३४ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ।
